साउनमा नारीहरूकाे नाडीमा हरियाे चुरा देखिएजस्तै शेयरबजारकाे ड्यासबाेर्डमा पनि हरियाली
- गाउँ सहर संवाददाता
- ५ श्रावण सोमबार, २०८२ | १६:०१:०० मा प्रकाशित

काठमाडाैं । यसपालीकाे साउनमा नारीहरूकाे नाडीमा हरियाली चुरा देखिएजस्तै शेयरबजारकाे ड्यासबाेर्डमा पनि हरियाली देखिएकाे छ । आर्थिक वर्षको पहिलो हप्ताकाे तीनसम्म कारोबार, नेप्सेमा उछाल देखिएकाे छ भने लगानीकर्तामा उत्साह ।
सरकारले शेयर बजारलाई थप प्रोत्साहन गर्ने नीति लिएपछि चालु आर्थिक वर्षको पहिलो दिनदेखि नै शेयर कारोबारमा उत्साह छाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत गरेका व्यवस्थाहरु कार्यन्वयनमा आएसँगै शेयर बजारको रौनक फेरिएको हो ।
आज सोमबार सेयर बजार ११ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१.७६ अंक बढेको छ । सो वृद्धिपछि २८९२ अंकमा कायम भएको छ । यो अंक गत वर्षको ९ भदौयताकै उच्च हो । सो दिन २८९४ अंकमा थियो ।
कारोबार रकम केही घटेको छ । अघिल्लो दिन २१ अर्ब ४६ करोडको कारोबार भएकोमा आज १६ अर्ब ३२ करोडको भयो ।
चालु आर्थिक वर्षको ३ कारोबार दिनमा करिब सय अंकले बढेको नेप्से २९ सय विन्दु नजिक पुगेको छ। पछिल्लो ३ कारोबार दिनमै झन्डै ५५ अर्ब बराबरको शेयर किनबेच भएको छ ।
चालु आर्थिक वर्षको पहिलो साउन १ गते बिहीबार शेयर बजारमा कुल १६ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । चालु आवको दोस्रो कारोबार दिन आइतबार नेप्सेमा २१ अर्ब ४६ करोड बराबरको कारोबार भएको थियो भने सोमबार १६ अर्ब ३२ करोड बराबरको शेयर किनबेच भएको छ ।
गत विहीबार नेप्से ७५.८४ अंक, आइतबार ०.३२ अंकले बढेको थियो । गत असार मसान्तको अन्तिम २ कारोबार नेप्से सूचक लगातार ३४ अंकका दरले बढेको थियो।
बजारको आकार (सबै सूचीकृत सेयरको बजार मूल्य)मा भने नयाँ रेकर्ड बनेको छ । बजारको पूँजीकृत रकम (आकार) ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसअघि गत १८ फागुनमा ४७ खर्ब ९९ अर्बको रेकर्ड बनेको थियो ।
आज १५३ कम्पनीको मूल्य बढ्दा ९६ को घट्यो । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.९३ प्रतिशत बढ्यो । बैंकिङ ०.४८, विकास बैंक १.४२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, निर्जीवन बीमा १.२७, अन्य १.८४ तथा व्यापार ०.४३ प्रतिशत बढे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जी छन् । उन्नति सहकार्य लघुवित्तको ९.४०, फस्र्ट माइक्रोफाइनान्सको ८.९९ प्रतिशत मूल्य बढ्यो ।
तीन कम्पनीको मूल्य १० प्रतिशत नै घटेको छ । १० प्रतिशत घटेका कम्पनीमा ग्रिन डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंक छन् । सिन्धु विकास बैंकको मूल्य ६.३६ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर, फस्र्ट माइक्रोफाइनान्स र लुम्बिनी विकास बैंक रहे ।
सक्रिय लगानीकर्ता भुवन पाेखरेल पछिल्लो समय सेयर लगानीकर्ताहरुका लागि उत्साह थपिएको बताउछन् । बजारको घटबढलाई सामान्य रुपमा लिनु पर्ने भए पनि केही समयअघि बजार धेरै घट्दा लगानीकर्ताहरु आत्तिएका थिए । तर अहिले लगानीकर्ताहरुमा पुनःउत्साह देखिएको उनी बताउछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गिरीकाे कारबाही फिर्ता माग गर्दै लिङ्देनलाई कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुको सामुहिक अपिल
- साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल
- आज साउनको पहिलो सोमबार पशुपतिमा श्रद्धालुहरुको घुइँचो
- पर्यटन प्रवर्द्धनकाे खाेजीमा सुनापति गाउँपालिका
- रूपन्देही–३ मा यस्ताे छ उपनिर्वाचनकाे कार्यतालिका
- नेप्सेमा २१ अर्ब ४६ करोडकाे काराेबार
- आज संघीय संसद्का विभिन्न पाँच समितिको बैठक बस्दै
- विद्या भण्डारीको सदस्यता स्थगन अवस्थामा छ : एमाले
- चालु आवमा दैनिक २.५५ किमी सडक निर्माण भएकाे प्रधानमन्त्रीकाे दाबी
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
प्रतिकृया दिनुहोस