स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै
- गाउँ सहर संवाददाता
- १० असार मंगलबार, २०८२ | १०:१०:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । देशभरका ७५३ स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट सार्वजनिक गर्दै छन् ।
असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले मङ्गलबार बजेट ल्याउन लागेका हुन् ।
भरतपुर महानगरपालिकालगायत केही स्थानीय तहले निर्धारित समय अघि नै बजेट सार्वजनिक गरिसकेका छन् ।
संवैधानिक व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय तहले आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने र असार मसान्तसम्ममा पारित गरिसक्नुपर्ने प्रावधान छ ।
यसअघि जेठ १५ गते संघीय सरकार र असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गरिसकेका छन् । संघीय सरकारले मंगलबार प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस