नेसपा र माओवादी केन्द्रबीच आज एकता हुँदै
- गाउँ सहर संवाददाता
- १२ जेठ सोमबार, २०८२ | ०७:४५:०० मा प्रकाशित
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा (माओवादी केन्द्र)बीच आज एकता हुँदै छ । सोमबार ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान साढे ११ बजे माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा गर्ने कार्यक्रम छ ।
गएको चैत ३ गतेको नेसपाको तीनबुँदे निर्णयका आधारमा माओवादी केन्द्रसँग पार्टी एकता हुन लागेको हो ।
पूर्वसहमतिअनुसार माओवादी केन्द्रसँग एकता गर्नबाट तत्कालीन अध्यक्ष महिन्द्र राय यादव पछि हटेका थिए । त्यसपछि गंगानारायण श्रेष्ठ एकता प्रक्रियामा अघि बढेका थिए । श्रेष्ठ नेसपा संयोजकमा चुनिएका छन् ।
२९ केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना श्रेष्ठका पक्षमा उभिएका छन् । १६० केन्द्रीय समिति सदस्यमध्ये ९९ जना एकताका पक्षमा उभिएका संयोजक श्रेष्ठले जिकिर गरेका छन् ।
सहअध्यक्ष श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गरी नेतृत्व आफ्नो हातमा लिएका हुन् ।
ललितपुरस्थित एकान्तकुनामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकबाट पार्टी पुनर्गठन गरी सहध्यक्ष श्रेष्ठलाई संयोजक तोकिएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस