पोखरा २७ को निःशुल्क कम्प्युटर तालिम समापन
- गाउँ सहर संवाददाता
- १० जेठ शनिबार, २०८२ | १९:४७:०० मा प्रकाशित

पाेखरा । पोखरा महानगरपालिका वडा नम्बर २७ को संयोजनमा साविक लेखनाथ भित्रका वडाहरूमा एसईई दिएर बसेका विद्यार्थीहरूलाई कम्प्युटर तथा नेतृत्व विकास सम्बन्धी तालिमको समापन गरिएको छ ।
गत एक महिनासम्मचलेको तालिमको समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सिकेको सीपलाई व्यवहारमा लागू गर्दै अध्ययनशील बन्न र देशभित्रै रोजगारमुखी काम गर्न विद्यार्थीहरूलाई प्रेरित गरे ।
पोखरा महानगरपालिका वडा नम्बर २७ का शिक्षा समिति सदस्य एवम् डायमण्ड माविका प्राचार्य यमबहादुर रोकाको संयोजकत्वमा सम्पन्न भएको निःशुल्क तालिममा साविक लेखनाथ भित्रका विभिन्न विद्यालयहरूबाट १०० जनाभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा डायमण्ड माविका संस्थापक माधवशरण उपाध्याय,व्यवस्थापक हरि लामिछाने, लक्ष्मी आदर्श माविका प्रधानाध्यापक शिवमणि भण्डारी, लगायतले विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए भने सहभागीहरूकोतर्फबाट विद्यार्थीहरू आकृति पाण्डे पुस्कल बराल अश्मी लामिछाने लगायतले बोलेका थिए ।
वडाध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडासदस्य जितेन्द्र क्षेत्रीले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस