वातावरण

५० डिग्री सेल्सियस नाघ्यो तापक्रम

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीले मे २०२५ मा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरेको छ ।

राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार, मे महिनामा तापक्रम ५०.४ डिग्री सेल्सियस (१२२.७ डिग्री फरेनहाइट) पुगेको छ, जुन सन् २००३ मा रेकर्ड शुरू भएयताकै उच्चतम तापक्रम हो ।

यो तापक्रम सन् २००९ मा मापन भएको ५०.२ डिग्री सेल्सियसको रेकर्डलाई तोड्दै नयाँ कीर्तिमान बनेको छ । यो गर्मीले विश्वको सबैभन्दा तातो क्षेत्रहरूमा गनिने खाडी क्षेत्रमा जलवायु परिवर्तनको गम्भीर प्रभावलाई उजागर गरेको छ ।

यसअघि अप्रिल २०२५ मा पनि यूएईले ४२.६ डिग्री सेल्सियसको औसत दैनिक उच्चतम तापक्रम रेकर्ड गरेको थियो, जुन त्यस महिनाको लागि पनि कीर्तिमानी थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत