यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू
- गाउँ सहर संवाददाता
- ८ जेठ बिहीबार, २०८२ | १५:३७:०० मा प्रकाशित

काठमाडौं । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा जेठ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव कार्यान्वयनका लागि तयार गरएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत गरिएको जानकारी दिए।
बैठकले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति (पाँचौ संशोधन) आदेश २०८२ स्वीकृत गरेको छ भने नेपाली सेनाको सैनिक स्वास्थ्य समूह अन्तर्गत मेडिकल उपसमूहका एकजना महासेनानीको पदावधी थप गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।
त्यस्तै सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,कर्णाली प्रदेशको प्रशासकीय भवन निर्माण प्रयोजनामा उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन सहरी विकास मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए।
बैठकले जेठ ११ गतेदेखि १९ गतेसम्म चीनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उद्योग मन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस