शेयर बजार अब विस्तारै उकालो लाग्ने लगानीकर्ताकाे विश्वास, यस्ताे रह्याे आज
- गाउँ सहर संवाददाता
- ८ जेठ बिहीबार, २०८२ | १५:४१:०० मा प्रकाशित

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो ।
बिहीबार नेप्से परिसूचक १९.०४ अंक बढेर २६८८.५५ विन्दुमा पुगेको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन १० अर्ब ६९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ८६ हजार ६८५ पटकको कारोबारमा ९ अर्ब ८२ करोड २० लाख ७० हजार रुपैयाँबराबरको २ करोड २३ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन पनि ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ९३ रुपैयाँ १० पैसा बढेर १ हजार २४ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन एनआईसी एशिया बैंककाे शेयरमूल्य करिब ८ प्रतिशत बढेकाे छ भने फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य यस दिन सर्वाधिक ९.९९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ६९ करोड १ लाख ७२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको साढे ६० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने कुमारी बैंकको कारोबार रकम साढे ४२ करोड नाघेको छ ।
केहिदिन यता तिब्र उतारचढाब देखिएको शेयर बजार अब विस्तारै उकालो लाग्ने विश्वास लगानीकर्तामा बढ्दै गएको छ । जसले गर्दा शेयर लगानीकर्ताहरु विस्तारै बैंकिङ समुहतर्फ सिफ्ट हुन थालेको बिहीबारको बजारले संकेत गरेकोछ । आजको बजारमा वाणिज्य बैंक समूहको सूचक सबैभन्दा बढीले झण्डै ४ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पुँजी बजार सुधारका लागि उपयुक्त नीतिहरु लिइने धारणा विभिन्न माध्यमबाट सार्वजनिक गरेकाले पनि यसको सकात्मक प्रभाव बजारमा देखिएको हो । उनले बैंक–वित्तीय संस्थाको व्यवसाय विस्तारका लागि सक्दो सहजीकरण गर्ने बताएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
प्रतिकृया दिनुहोस