यी ठाउँमा हुँदैछ चट्याङसहित वर्षा
- गाउँ सहर संवाददाता
- १० जेठ शनिबार, २०८२ | ०८:१०:०० मा प्रकाशित

काठमाडौँ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
सातै प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ५० डिग्री सेल्सियस नाघ्यो तापक्रम
- बढी बर्खा हुने भएपछि डेङ्गी सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण
- २० लाख रुपैयाँ दावी बीमा भुक्तानी गर्याे रिलायबल लाइफले
- रवि र छविलाई थुनामा राख्ने सर्वोच्चको आदेश (पूर्णपाठ)
- गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट पेस
- बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का
- दुर्गा प्रसाईंसहित ५३ जनालाई दुई दिन म्याद थप
- शेयर बजार अब विस्तारै उकालो लाग्ने लगानीकर्ताकाे विश्वास, यस्ताे रह्याे आज
- यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू
- नयाँ गभर्नरसँगै नेप्से सुरुवातमा बढे पनि अन्तिममा राताम्मे
प्रतिकृया दिनुहोस