गाउँ सहर
पेट्रोलियम पदार्थको मूल्य घट्यो
- गाउँ सहर संवाददाता
- १४ असोज सोमबार, २०८१ | २१:३४:०० मा प्रकाशित
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटाएको हो।
निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल/मट्टितेलमा दुई-दुई रुपैयाँ घटाएको हो। त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ ६ रुपैयाँ र बाह्यमा प्रतिहजार लिटरमा ४५ रुपैयाँ घटाएको निमगले जनाएको छ।
त्यस्तै खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ। भारतबाट ४१ रुपैयाँ बढेर आए पनि चाडपर्वलाई लक्षित गरी निगमले ग्यासको मूल्य यथावत् राखेको निगमले जनाएको छ।
नयाँ मूल्यसूची आज रातिदेखि लागू हुनेछ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस