शिक्षा
१२ काे परीक्षा सार्न प्रधानमन्त्री ओलीको निर्देशन, बाेर्डले भन्याे- अर्काे सूचना नभइन्जेलसम्मकाे लागि स्थगित
- गाउँ सहर संवाददाता
- ९ बैशाख मंगलबार, २०८२ | २०:०८:०० मा प्रकाशित
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ कक्षाको परीक्षा सार्न निर्देशन दिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिमा परीक्षा गर्ने तयारी गरेका बेला प्रधानमन्त्री ओलीले सार्न निर्देशन दिएका हुन् ।
बालुवाटारमा भेट्न आएका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केही दिन परीक्षा सार्न निर्देशन दिए ।
परीक्षा वैशाख ११ गतेदेखि हुने गरी तोकिएको थियो । नेपाल शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा प्रभावित हुने भएको छ ।
प्रधानमन्त्री ओलीको निर्देशनपछि बोर्डको बैठक बसेर परीक्षा सार्ने निर्णय हुने जनाइएको छ ।
बाेर्डकाे सामाजिक सञ्जाल पेजमा यस्ताे सूचना प्रकाशन गरिएकाे पनि छः
.png)
.png)
.png)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस