पूर्व पश्चिम राजमार्गको पुल्चोक-गोन्द्राङ- ६ लेन सडकको प्रधानमन्त्रीद्वारा उद्घाटन
- गाउँ सहर संवाददाता
- ५ बैशाख शुक्रबार, २०८२ | २०:५०:०० मा प्रकाशित

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूर्व पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन गरेका छन् । नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए ।
“अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु प-या पनि छैन । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । म आग्रह गर्न चाहान्छु, सबैलाई सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ, प्रधानमन्त्री ओलीले भने, “विचारमा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद राख्न आवश्यक छैन । देशको विकास हामी सबै मिलेर गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा लोकतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ ।’’
प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै राम जन्मेदेखिको ऐतिहासिक महत्व बोकेको जिल्ला भएको उल्लेख गर्दै यो एउटा सभ्यताको सुरुआत भएको भूभाग हो भने ।
उक्त सडक खण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । सडक एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- काँकरभिट्टाबाट १८ अर्ब ६२ करोडको कृषिजन्यवस्तु निर्यात
- उद्घोषण, नृत्य, सङ्गीत र चित्रकलाको प्याकेज तालिम सम्पन्न
- नि:शुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न
- वर्षाले खेल प्रभावित हुँदा अफगानिस्तान विश्वकपमा लागि छनोट, नेपाल बाहिरियाे
- अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो, तलब खाएर सडकमा नाचगान गर्न मिल्छ ?
- प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल, कुरो नमिलेपछि आन्दोलन जारी
- लमही–भालुवाङ सडकखण्ड अन्तर्गत सिंगेखोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको मत्यु
- बसाइँ सरेकालाई गाउँ फर्काउन स्याक्लुङ्काेटमा होमस्टे
- सरकारले गभर्नरमा बनाउने खाेजेकाे भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी
- १० अर्ब बढीको सेयर कारोबार, नेप्से परिसूचक २७ सय विन्दुमाथि
प्रतिकृया दिनुहोस