सरकार फेरिने हल्ला ‘प्रचण्ड’को कुण्ठा - एमाले
- गाउँ सहर संवाददाता
- १ बैशाख सोमबार, २०८२ | १५:५०:०० मा प्रकाशित

काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो चितवनमा नयाँ वर्षसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्ति एमालेले खारेज गरेको छ । च्यासलमा भर्खरै सकिएको केन्द्रीय सचिवालय बैठकले प्रचण्डको सरकार परिवर्तनको भनाइ सत्ताबाहिर हुँदाको कुण्ठा र पीडा भएको निचोड निकालेको हो ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ । यो सरकार बाहिर हुँदाको कुण्ठा र पीडाबोध प्रकट हुन्छ । अहिले सरकार परिवर्तन न कतैबाट सम्भव र सान्दर्भिकता छ न औचित्य छ । राष्ट्रिय राजनीतिको यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरा मात्र गर्नु भनेको सत्ता मोहबाहेक केही होइन । भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौँ ।’
अझै ‘बेटर पर्फर्मेन्स’ का लागि सरकारलाई भनिरहेको भन्दै उनले थपे, ‘केही कमीकमजोरीलाई आधार मानेर कोही व्यवस्था नै पल्टाउन कोसिस गर्ने अर्का थरी सरकार परिवर्तनको ध्यानमा मात्र जाने अस्थिरताका प्रयत्न हुन् ती गलत हुन् । सफल हुँदैनन् ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस