वर्षकाे अन्तिम दिन नेप्से यस्ताे रह्याे
- गाउँ सहर संवाददाता
- ३१ चैत आइतबार, २०८१ | १५:२८:०० मा प्रकाशित
काठमाडौं । वि.सं २०८१ को अन्तिम कारोबार दिनमा नेप्से सूचक घटेर बन्द भएको छ । वर्षकाे अन्तिम दिन, साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको हाे । नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.४० अंकले बढेर ४४६.४४ विन्दुमा पुगेको छ।
यसदिन ३२२ स्क्रिप्सको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ रुपैयाँमा खरिदबिक्री भए। नेप्से घटेपनि दुईवटा कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। १२ प्रतिशत गु्डविल फाइनान्स र नेपाल माइक्रो फाइनान्सको सेयर १० प्रतिशतले बढ्यो।
यसैगरी क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.९८ प्रतिशतले बढ्दा त्रिशूली जल विद्युतको ६.३०,एनआईबीएल स्टेबल फण्डको ५.२२ प्रतिशतले बढ्यो। यसदिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गु्माए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।
बलेफी हाइड्रोपावरको ९.९८ प्रतिशतले घट्दा सिन्धु विकास बैंकको ९.०८ प्रतिशतले घट्यो। कारोबार रकमा आधारमा सीईडीबी होल्डिंक्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको ४५ करोड ३२ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
एनआएरन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ४४ करोड,राधी विद्युतको ४३ करोड,हिमालयन रिइन्स्योरेन्सको ३९ करोड र नारायणी डेभलपमेन्टको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ८८ स्टक्सको मूल्य बढ्दा १५७ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रहयो।
चार समूहको उपसूचक बढ्दा अन्यको सूचक नकारात्मक देखिएका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस