वर्षकाे अन्तिम दिन नेप्से यस्ताे रह्याे
- गाउँ सहर संवाददाता
- ३१ चैत आइतबार, २०८१ | १५:२८:०० मा प्रकाशित

काठमाडौं । वि.सं २०८१ को अन्तिम कारोबार दिनमा नेप्से सूचक घटेर बन्द भएको छ । वर्षकाे अन्तिम दिन, साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको हाे । नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.४० अंकले बढेर ४४६.४४ विन्दुमा पुगेको छ।
यसदिन ३२२ स्क्रिप्सको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ रुपैयाँमा खरिदबिक्री भए। नेप्से घटेपनि दुईवटा कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। १२ प्रतिशत गु्डविल फाइनान्स र नेपाल माइक्रो फाइनान्सको सेयर १० प्रतिशतले बढ्यो।
यसैगरी क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.९८ प्रतिशतले बढ्दा त्रिशूली जल विद्युतको ६.३०,एनआईबीएल स्टेबल फण्डको ५.२२ प्रतिशतले बढ्यो। यसदिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गु्माए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।
बलेफी हाइड्रोपावरको ९.९८ प्रतिशतले घट्दा सिन्धु विकास बैंकको ९.०८ प्रतिशतले घट्यो। कारोबार रकमा आधारमा सीईडीबी होल्डिंक्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको ४५ करोड ३२ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
एनआएरन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ४४ करोड,राधी विद्युतको ४३ करोड,हिमालयन रिइन्स्योरेन्सको ३९ करोड र नारायणी डेभलपमेन्टको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ८८ स्टक्सको मूल्य बढ्दा १५७ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रहयो।
चार समूहको उपसूचक बढ्दा अन्यको सूचक नकारात्मक देखिएका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस