५.५७ अंकले घट्यो नेप्से
- गाउँ सहर संवाददाता
- २८ चैत बिहीबार, २०८१ | १६:५६:०० मा प्रकाशित

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक ५.५७ अंकले घट्दा २६७०.७० अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमूहमध्ये ४ ओटा उपसमूहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमूहको सेयरमूल्य घटेको छ ।
बिहीबार राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३५ करोड ९४ लाख ७१ हजार ८५५ रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, बोटलर्स नेपाल (बालाजू) लगानीकर्ताहरुले सबैभन्दा बढि गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.३७ प्रतिशतले घटेको छ ।
कुल ३२१ कम्पनीको एक करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- १० अर्ब बढीको सेयर कारोबार, नेप्से परिसूचक २७ सय विन्दुमाथि
- सुनकाे मूल्य बढेकाे बढ्यै
- बीपी राजमार्गको चार खण्डमा छुट्याएर पुनर्निर्माण हुँदै
- यी चार ठेकेदार कम्पनी परे सरकारकाे कालाेसूचीमा
- राष्ट्रपतिले आह्वान गरे १२ गते संसद् अधिवेशन
- आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित
- शिक्षा विधेयक तत्काल पारित गर्न सरकारले गरेकाे अधिवेशन आह्वानलाई शिक्षकले पत्याएनन्
- नयाँ वर्षको सुरुवाती कारोबार दिनमै नेप्सेसँगै कारोबार रकम बढ्यो
- बोडेमा सुजनले तेस्रोपटक जिब्रो छेडे
- शिक्षक भएनन् सरकारसँग आश्वस्त, भर्ना अभियान, पठनपाठन र परीक्षा बहिष्कारको घोषणा
प्रतिकृया दिनुहोस