आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित
- गाउँ सहर संवाददाता
- ३ बैशाख बुधबार, २०८२ | १३:४४:०० मा प्रकाशित

काठमाडौं । आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको समिकरण अन्तिम खेलसम्म पुर्याएको हो ।
तल्लो मुलपानी क्रिकेट रंगशालामा बुधबार हङकङले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर १३ औं ओभरमा पूरा गर्यो । नेपालका तीनै ब्याटरले आक्रामक ब्याटिङ गर्दै सहज जित पक्का गरेका थिए ।
ओपनर निरज यादव १२ बलमा २३ रन जोड्दै आउट भए । उनी छैटौं ओभरमा आउट हुनुअघि ५४ रनको साझेदारी गरेका थिए । अर्का ओपनर साहिल पटेलले ४२ रनको योगदान दिए । उनले ८ चौका प्रहार गरे । कप्तान नरेन भट्ट २३ बलमा ३९ रन जोड्दै नटआउट रहे । उनले पनि ८ चौका प्रहार गरे ।
त्यसअघि टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित पारेको थियो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव माथुरले अर्धशतक बनाउनुबाहेक अन्य ब्याटरले ठूलो स्कोर बनाउन सकेनन् ।
नेपालका लागि खेलको पहिलो ओभर अभिषेक तिवारीले गर्नुबाहेक अन्य सबै ओभर स्पिनरले गरेका थिए । हङकङका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान शिवले १ सय १६ बलमा ६३ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए ।
शिवले दोस्रो विकेटका लागि आर्या पन्ज्वानीसँग ५० रनको साझेदारी गर्दै विकेट खस्न दिएका थिएनन् । दोस्रो ओभरमा विपिन शर्माले जुड लि थोमसलाई शून्यमा आउट गरेपछि शिव क्रिजमा आएका थिए । शिव ४२ औं ओभरमा युवराज खत्रीको बलमा छैटौं विकेटको रुपमा आउट भएका थिए ।
हङकङका लागि आर्यले १३ रन जोड्दा ह्यारी थोमसले १० रनको योगदान दिए । वीर मथुर १२ रन जोड्दै विपिन शर्माको बलमा उनकै हातबाट समातिए ।
युवराजले १० ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट लिए थिए । विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले एक सफलता प्राप्त गरे ।
अब नेपालले लिगको अन्तिम खेलमा शनिबार अफगानिस्तानको सामना गर्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस