वातावरण
काठमाडौंमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा
- गाउँ सहर संवाददाता
- २८ चैत बिहीबार, २०८१ | ०६:३६:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव छ । त्यसैले पूर्वदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ ।
अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । तर मोरङको केराबारीमा गत २४ घण्टामा २५७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा देखिन्छ ।
लामो समयको सुक्खा र खडेरीले आहत भएकाहरुलाई यो वर्षाले केही राहत दिएको छ । तर कतै कतै असिना पानी, चट्याङ र पहिरोले भने दुःख दिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- १० अर्ब बढीको सेयर कारोबार, नेप्से परिसूचक २७ सय विन्दुमाथि
- सुनकाे मूल्य बढेकाे बढ्यै
- बीपी राजमार्गको चार खण्डमा छुट्याएर पुनर्निर्माण हुँदै
- यी चार ठेकेदार कम्पनी परे सरकारकाे कालाेसूचीमा
- राष्ट्रपतिले आह्वान गरे १२ गते संसद् अधिवेशन
- आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित
- शिक्षा विधेयक तत्काल पारित गर्न सरकारले गरेकाे अधिवेशन आह्वानलाई शिक्षकले पत्याएनन्
- नयाँ वर्षको सुरुवाती कारोबार दिनमै नेप्सेसँगै कारोबार रकम बढ्यो
- बोडेमा सुजनले तेस्रोपटक जिब्रो छेडे
- शिक्षक भएनन् सरकारसँग आश्वस्त, भर्ना अभियान, पठनपाठन र परीक्षा बहिष्कारको घोषणा
प्रतिकृया दिनुहोस