अछामको आगलागीमा २७ घर नष्ट, ७ करोड भन्दा बढीको क्षति
- गाउँ सहर संवाददाता
- २७ चैत बुधबार, २०८१ | १०:०८:०० मा प्रकाशित

अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा लागेको भीषण आगो करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ ।
स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई सेन्टरमा साँझ ७ बजेर २० मिनेटमा ग्यास सिलिन्डर विस्फोट भएर सल्केको भीषण आगो राती १२ बजेर ३० मिनेटमा नियन्त्रणमा आएको हो ।
आगलागीबाट ७ करोड भन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ । जयगढ बजारमा रहेका १० वटा ढुगा माटोले बनेको घर,१५ वटा टीनले बनेको कच्ची घर र २ वटा पक्की घर गरी २७ वटा घरपसलहरु पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
घर पसलमा रहेका ७ करोड भन्दा बढी धनमालको क्षति भएको र विस्तृत विवरण संकलनका कार्य भईरहेको जिल्ला प्रहरी प्रमख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । मंगलसेन नगरपालिकाको दमकलको सहायताले सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । जिल्लामा एक मात्र दमकल हुनु,बजारको साँघुरो बाटो, पानीको अभावका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको थियो ।
डीएसपी भण्डारीका अनुसार लामो समयसम्म आगलागी नियन्त्रण नभएपछि आक्रोसित भएका युवाहरुले बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदको घरमा ढुङ्गामुडा प्रहार गर्नुका साथै उनी माथी आक्रमण गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
प्रतिकृया दिनुहोस