अछामको आगलागीमा २७ घर नष्ट, ७ करोड भन्दा बढीको क्षति
- गाउँ सहर संवाददाता
- २७ चैत बुधबार, २०८१ | १०:०८:०० मा प्रकाशित
अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा लागेको भीषण आगो करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ ।
स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई सेन्टरमा साँझ ७ बजेर २० मिनेटमा ग्यास सिलिन्डर विस्फोट भएर सल्केको भीषण आगो राती १२ बजेर ३० मिनेटमा नियन्त्रणमा आएको हो ।
आगलागीबाट ७ करोड भन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ । जयगढ बजारमा रहेका १० वटा ढुगा माटोले बनेको घर,१५ वटा टीनले बनेको कच्ची घर र २ वटा पक्की घर गरी २७ वटा घरपसलहरु पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
घर पसलमा रहेका ७ करोड भन्दा बढी धनमालको क्षति भएको र विस्तृत विवरण संकलनका कार्य भईरहेको जिल्ला प्रहरी प्रमख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । मंगलसेन नगरपालिकाको दमकलको सहायताले सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । जिल्लामा एक मात्र दमकल हुनु,बजारको साँघुरो बाटो, पानीको अभावका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको थियो ।
डीएसपी भण्डारीका अनुसार लामो समयसम्म आगलागी नियन्त्रण नभएपछि आक्रोसित भएका युवाहरुले बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदको घरमा ढुङ्गामुडा प्रहार गर्नुका साथै उनी माथी आक्रमण गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
प्रतिकृया दिनुहोस