दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- गाउँ सहर संवाददाता
- २४ बैशाख बुधबार, २०८२ | २०:२४:०० मा प्रकाशित

काठमाडाैं । कथाकार दिलिप पौडेलको कथासंग्रह ‘ब्लफर्स डायरी’ लोकार्पण भएको छ । सोमबार साँझ एक समारोहमा कृति लोकार्पण भएको हो ।
पुस्तकमा विविध विषयका १८ वटा कथा समेटिएको छ । क्यानडामा बसोबास गर्ने पौडेलको यो पहिलो कृति हो । कथामा आप्रवासी नेपालीको कथा र आफ्नो गाउँघरको व्यथालाई कथाको रूपमा प्रस्तुत गरेको पौडेलले बताए ।
कथासंग्रहमाथि बोल्दै समीक्षक राजकुमार बानियाँले कथामा द्वन्द्वकालका कथादेखि देश, समाज, प्रेम र आप्रवासी नेपालीको कथा व्यथासम्म कलात्मक शैलीमा प्रस्तुत गरेको र संग्रहभित्रका कथाको शीर्षकले पाठकहरुलाई कौतुहलता पैदा गराउने किसिमको रहेको बताए ।
त्यसैगरी, समीक्षक विक्रम भक्त जोशीले कथाहरू छोटा वाक्यहरूमा भएका र पढ्दा रोमाञ्चित बनाउने गरी लेखिएको बताए । कथाको परिवेश नै इम्याजिन गर्न सकिने खालको रहेको र सरल लेखन शैलीमा कथाहरू लेखिएको उनको भनाइ छ ।
शिखा बुक्सले प्रकाशन गरेको किताबको मूल्य ४९५ रुपैयाँ तोकिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस