सेयर बजार : नेप्से १४ अङ्कले घट्यो, ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँँको कारोबार
- गाउँ सहर संवाददाता
- २१ चैत बिहीबार, २०८१ | १५:११:०० मा प्रकाशित

काठमाडौँ । बुधबार २७०६ बिन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अन्ततः १४.८८ अङ्कले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन (मङ्गलबार) ७.६६ अङ्कले घटेर २६९७.०४ बिन्दुमा झरेको नेप्से आज २६८२.१५ मा पुगेको हो ।
नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने सामान्य बढेको छ । हिजो ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँँको कारोबार भएको हो ।
आज ५४ कम्पनीको मूल्य बढ्यो । त्यस्तै, १८२ कम्पनीको घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो । बुधबार ३११ धितोपत्रको ९५ हजार ८३ हजार ८२९ कित्ता सेयर ५४ हजार ६२२ पटकमा खरिद बिक्री भए । बजार पुँजीकरण रकम पनि घटेर आज ४४ खर्ब ५३ अर्ब ५९ करोड रुपैयाँमा सीमित भएको छ ।
बुधबार तीन वटा सेक्टरको परिसूचक सामान्य बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेका छन् । आज सबैभन्दा बढी व्यापार समूहको परिसूचक ०.६० प्रतिशतले, होटल तथा पर्यटन समूहको ०.१० प्रतिशत र म्युचुअल फण्डको ०.०३ प्रतिशतले परिसूचक बढेको हो ।
त्यस्तै, सर्वाधिक बढी गुमाउनेमा आज वित्त र जीवन बीमा समूहका परिसूचक छन् । वित्त समूहको परिसूचक १.५३ प्रतिशत र जीवन बीमा समूहको १.४८ प्रतिशतले घटेको हो ।
यसैगरी, बैंकिङ उपसमूह ०.५६ प्रतिशत, विकास बैंक ०.१३ प्रतिशत, हाइड्रोपावर ०.६७ प्रतिशत, लगानी ०.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३३ प्रतिशत, लघुवित्त ०.४८ प्रतिशत, निर्जीबन र अन्य समूह ०.५१ प्रतिशतले परिसूचक घटेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
प्रतिकृया दिनुहोस