राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा, स्वतन्त्र छानबिन आयोगको गठन गर्न माग
- गाउँ सहर संवाददाता
- २१ चैत बिहीबार, २०८१ | १५:०३:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर पाँच बुदे मागसहित ध्यानाकर्षण पत्र बुझाउँदै गृहमन्त्री राजीनामा समेत माग गरेका हुन् ।
राप्रपाले तीनकुने घटनासँग सम्बन्धित रहेर ध्यानाकर्षण पत्र बुझाएको हो । साथै, राप्रपाले नेता रवीन्द्र मिश्र, धवल शमशेर राणा लगायतलाई राज्यविरूद्धको अपराध जस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो भन्ने प्रश्न पनि गरेको छ । त्यस्तै प्रदर्शनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।
त्यस्तै राप्रपाले सर्वोच्च अदालतको पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन गर्न पनि माग गरेको छ ।
चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनस्र्थापनाका लागि तीनकुनेमा प्रदर्शन भएको थियो । त्यसक्रममा तोडफोड, आगजनी, लुटपाट भएको थियो भने दुई जनाको मृत्यु भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
प्रतिकृया दिनुहोस