क्षतिको पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छ- गृह मन्त्रालय, रविन्द्र मिश्र भन्छन्- सरकार
- गाउँ सहर संवाददाता
- १५ चैत शुक्रबार, २०८१ | २०:१८:०० मा प्रकाशित

काठमाडौँ । गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आरोप लगाएको छ ।
शुक्रबार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको कारण अगामी दिनमा सरकार संयमित भएर नबस्ने बताएका हुन् । उनले राजावादीको हिंसात्मक आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवार व्यवसायी दुर्गा प्रसाईं रहेको बताए ।
उनले हिंसात्मक र लुटपातको कार्यमा संलग्न जोसुकै भएपनि कानुनी दायरामा ल्याइने बताए ।
उनका अनुसार राजावादीको तीनकुने आन्दोलनमा झडप हुँदा १५ जना सुरक्षाकर्मीसहित ३० जना घाइते भएका छन् । त्यस्तै एक जनाको मृत्यु भएको छ । भौतिक क्षतिको पूर्ण विवरण आइनसकेको र संकलनको कार्य भइरहेको समेत उनले बताए ।
तर उता राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रले भने आजकाे सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने सामाजिक सञ्जालमार्फत बतइसकेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस