सेयर बजारमा उच्च गिरावट हुँदा लगानीकर्ता निराश
- गाउँ सहर संवाददाता
- १२ चैत मंगलबार, २०८१ | १६:३०:०० मा प्रकाशित

काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंकको पहिराे गएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५८.०५ अंक (२.१९ प्रतिशत) घटेको हो । सो गिरावटपछि नेप्से २५८२ अंकमा कायम भएको छ ।
बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब १८ करोडको भयो । जम्मा ४ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो ।
यस दिन सबै सेक्टर घटे । बैंकिङ १.४२, विकास बैंक २.९९, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर ३.३१, लगानी २.०८, जीवन बीमा २.२०, उत्पादन १.५०, माइक्रोफाइनान्स २.४९, निर्जीवन बीमा २.४६, अन्य १.८२ तथा व्यापार १.८५ प्रतिशत घटे ।
यस दिन मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहे । एनसीसीडी ८६, केबीएलडी ८९को मूल्य ४ प्रतिशतभन्दा धेरै बढ्यो । नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८.७ प्रतिशत घट्यो । सपोर्ट माइक्रोफाइनान्सको ७.३, इस्टर्न हाइड्रोको ७.१, सिन्धु विकास बैंकको ६.७ तथा विन नेपाल लघुवित्तको ६.७ प्रतिशत मूल्य घट्यो ।
नेप्सेमा उच्च अंककाे गिरावट हुन थालेपछि लगानीकर्ताहरू निराश हुन थालेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
प्रतिकृया दिनुहोस