लोकतान्त्रिक अपाङ्ग संघमा गगन निकट माधव चम्लागाईं निर्वाचित
- गाउँ सहर संवाददाता
- ११ चैत सोमबार, २०८१ | १३:४१:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा महामन्त्री गगन थापानिकट माधव चम्लागाईं निर्वाचित भएका छन् ।
चम्लागाईंले ३५१ मत ल्याई निर्वाचित अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा तीन जनाले प्रतिस्पर्धा गरेका थिए । अध्यक्षका अरु दुई प्रतिस्पर्धी विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित चम्लागाईं महामन्त्री गगन थापा निकट हुन् ।
अध्यक्षमा पराजित विकास थापा संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षका हुन् भने कल्पना खड्का पार्टी प्रवक्ता डा. प्रकाशशरण महत निकट मानिन्छिन् । केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले राष्ट्रिय लोकतान्त्रिक अपाङ संघमा महामन्त्री थापा र नेता शेखर पक्ष बीचमा नै प्रतिस्पर्धा भएको जानकारी गराए ।
शुक्रबारदेखि सुरु भएको महाधिवेशनको शनिबार मतदान सकिएको थियो । आन्तरिक विवादका कारणले सोमबार विहान मात्रै मतगणना भएको थियो । निर्वाचित पदाधिकारीमा समेत चम्लागाईंको प्यानलले जितेको छ । उपाध्यक्षमा महिलाबाट अनिता घिमिरे गैरे, खुलातर्फ उदयबहादुर लिम्बु, दुई महामन्त्रीमा किरणकुमार पासवान र गणेशबहादुर खत्री निर्वाचित भएका छन् । महमहाधिवेशनका लागि चयन भएका ८९२ प्रतिनिधिबाट ४७० मत खसेको थियो ।
विधान अनुसार लोकतान्त्रिक अपाङ्ग संघमा ५१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । ३९ जना निर्वाचित र १२ जना मनोनित हुने विधानको व्यवस्था छ ।
महाधिवेशनका केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहनेगरी ३ सदस्यीय निर्देशन समिति गठन गरेको थियो ।
२०६३ सालमा गठन भएको राष्ट्रिय लोकतान्त्रिक अपाङ संघले प्रथम महाधिवेशन १८ वर्षपछि गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
प्रतिकृया दिनुहोस