शेयरबजार : नेप्से परिसूचक घटेर २७०४ विन्दुमा
- गाउँ सहर संवाददाता
- ४ चैत सोमबार, २०८१ | १५:२८:०० मा प्रकाशित

काठमाडाै । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
सोमबार नेप्से परिसूचक १०.१४ अंक घटेर २७०४.७० विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ६ अर्ब ८३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३१ स्टकको ५७ हजार ५८५ पटकको कारोबारमा ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँबराबरको ९९ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.८६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको महालक्ष्मी विकास बैंकको शेयरमूल्य सर्वाधिक ५.६३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन घलुम्दी हाइड्रोको शेयरमूल्य साढे ४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको साढे ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने महालक्ष्मी विकास बैंकको करिब साढे २२ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। त्यस्तै, यस दिन एक उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो भने म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशत घटेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस