राष्ट्रिय घर निर्माण फेस्ट २०८१ मा नेपाल इको प्यालन सहभागी
- गाउँ सहर संवाददाता
- १७ फाल्गुण शनिबार, २०८१ | ०९:४१:०० मा प्रकाशित

काठमाडौँ । स्कील सेवाको आयोजनामा नेपालमै पहिलो पटक राजधानीको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय घर निर्माण फेस्ट २०८१ महोत्सवमा नेपाल इको प्यानलले पनि सहभागिता जनाएको छ । नयाँ घर निर्माण सहजीकरणका लागि अवश्यक सम्पूर्ण सेवाहरू एउटै छानामुनीबाट गर्ने र निर्माण सम्बन्धी मापदण्डहरूके विषयमा समेत छलफल गर्ने गरी सुरु भएको महोत्सवमा इको प्यानलले आफनो पनि स्टल राखेर सहभागिता जनाएको हो ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले महोत्सवमा सहभागीहरुलाई आफूहरुको आधुनिक निर्माण सामग्रीबारे जानकारी गराउन स्टल राखेको जानकारी गराए । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशनको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो ।
फेस्टमा निर्माण सम्बन्धी अत्याधुनिक प्रविधि देख्न पाइन्छ । साथै सबैभन्दा सस्तो मूल्यमा तयार हुने आरसिसि घरहरुको समेत विस्तृत जानकारी लिन सकिन्छ । ‘हरेक व्यक्तिको लागि आफू बस्ने घर भनेको जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो र यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दी, सुरक्षित एवं दिगो बनाउनु नितान्त जरूरी छ, आयोजकले भनेको छ । महोत्सवले यही आवश्यकतालाई प्रभावकारी ढंगले परिपूर्ति गर्ने अपेक्षा लिएको आयोजक स्किल सेवाले जनाएको छ ।
घर निर्माण फेस्टमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, काठमाडौँ उपत्यकका नगरपालिकाहरू, वास्तुकलाविद, उद्यमी, विद्यार्थी लगायताका ुअन्य इच्छुक महानुभावहरुले एउटै छतमुनि घर निर्माण एवं विभिन्न ममत सम्भार सम्वन्धी महत्वपूर्ण पलबारे छल अन्तरकृया गर्नेछन् ।
फेस्टको मूख्य अकर्षणहरू
- सस्तो घर, बलियो घर, जे गर्छु नेपालमै गर्छु, निर्माण सम्बन्धी मापदण्ड, र निमार्ण सम्बन्धी अत्याधुनिक प्रविधिको प्रयेग रहेको छ ।
- यस्ता पक्षहरूमा घरको आधुनिक र पारम्परिक डिजाइन, खाली ठाउँ, बिजुली, हावापासको उचित प्रयोग, गुणस्तरीय विचारहरूलाई प्रस्तुत गर्ने मात्रै होइन, त्यस्ता विचारबाट लगानी जुटाउने अवसर पनि प्रदान गरिनेछ ।
- महोत्सवले जे गर्छौँ, नेपालमा गर्छौँ विचारलाई व्यवहारमा लागु गर्न मद्दत गर्नेछ ।
तीनदिने महोत्सव शनिबार सकिंदैछ । महोत्सव राजधानीको बुद्धनगरमा भइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस