गाउँ सहर
अवाञ्छित गतिविधि गरेको आरोपमा पाशुपत क्षेत्रबाट ७५ जना पक्राउ
- गाउँ सहर संवाददाता
- १४ फाल्गुण बुधबार, २०८१ | १४:१३:०० मा प्रकाशित

काठमाडाैँ । पशुपतिनाथ क्षेत्रबाट अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जना पक्राउ परेका छन् । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले ७५ जनालाई पक्राउ गरेको हो ।
उच्छृङ्खल गतिविधि गरेको, लागूऔषध गाँजा खाएर हो–हल्ला गरेको, अभद्र व्यवहार र लुटपाट गर्न खोजेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशाला र परिसर टेकुमा राखिएको छ । अवस्था हेरेर पक्राउ परेकाहरूलाई छाड्ने तथा कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस