गाउँ सहर

सतुंगलमा मल्टी ब्रान्ड स्यानिटरी शोरुम

काठमाडाैँ । काठमाडौँको सतुंगलमा अवस्थित श्री साइ इन्टरप्राइजेजले अब मल्टी ब्रान्ड स्यानिटरी शोरुमको रुपमा थप व्यवसाय विस्तार गरेको छ । पहिले देखि नै ज्यागुअर, हिन्दवेयर र अन्य ब्रान्डको कारोबार गरिरहेको इन्टरप्राइजेजले अब कजारिया र अन्य ब्रान्डको समेत कारोबार गर्ने भएको छ ।

आज आयोजित एक कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र विभिन्न वडाका वडाध्यक्ष लगायतले उक्त मल्टी ब्रान्ड शोरुमको उद्घाटन गरे । सो अवसरमा मेयर गिरीले चन्द्रागिरि नगर क्षेत्रलाई उत्कृष्ट बनाउने नगरपालिकाको चाहना भएको र कुनै पनि घरको फिनिसिङका लागि गुणस्तरीय स्यानिटरी र अन्य सामग्री उपलब्ध गराउने कार्यमा यस प्रकारका शोरुमको महत्वपूर्ण भूमिका हुने बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत