सेयर बजारमा सामान्य अंकले बढ्याे, घट्यो कारोबार
- गाउँ सहर संवाददाता
- ८ माघ मंगलबार, २०८१ | १५:२२:०० मा प्रकाशित

काठमाडौं । साताको तेस्राे कारोबार दिन मंगलबार सेयर बजार ५.०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६१३ मा कायम भएको छ । नेप्से परिसूचक बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको भएकाे छ ।
१०६ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन बीमा सेक्टरमा आकर्षण देखिएको छ ।
मन्दाकिनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ८.०६, न्यादी हाइड्रोपावरको ७.५३, सीएचडीसीको ६.९३, नेपाल पुनर्बीमाको ५.८२, हिमालयन पावर पार्टनरको ५.५४, मुक्तिनाथ कृषि कम्पनीको ४.७ तथा हिमालयन एभरेस्ट इन्स्योरेन्सको मूल्य ४.३२ प्रतिशत मूल्य बढ्यो ।
रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै ८.९ प्रतिशत घट्यो । मानुषी लघुवित्तको ६.७, तथा जानाकी फाइनान्सको ५.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सीएचडीसी, सप्तकोशी, नेपाल पुनर्बीमा, सुपरमादी तथा माथिल्लो मैलुङ क्रमशः अग्रपंत्तिमा रहे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाथीभरामा केबुलकार निर्माण बिराेधमा बन्दले अरुण पूर्वका ९ जिल्ला प्रभावित
- राष्ट्रिय सभा बैठककाे कार्यसूचीमा ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’
- भारतमा १२ लाखसम्मको वार्षिक आम्दानीमा आयकर नलाग्ने, नेपाललाई कति अनुदान ?
- महिला टी-२०आई शृंखलामा नेपालको लगातार दोस्रो हार
- शाली नदी मेलामा भक्तजनको भीड (फाेटाेकथा)
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति ?
- सामाजिक सञ्जाललाई निमयन गर्ने बहानामा जनताका आवाजलाई कमजोर तुल्याउने मनसाय : माओवादी केन्द्र
- सरकारले ल्याएका अध्यादेशहरू प्रतिनिधिसभामा पेस
- रविद्वारा निलम्बन फुकुवाकाे माग, सभामुखको प्रश्न– तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?
- संसद्को हिउँदे अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्दै (LIVE)
प्रतिकृया दिनुहोस