गाउँ सहर

आगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय

  • ८ माघ मंगलबार, २०८१ | २२:१५:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले आगामी भदौमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

मंगलबार राति बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले आउँदो भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विधान अधिवेशन गर्ने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।

त्यसैगरी केन्द्रीय कमिटी बैठकले पास गरेको तीन महिने वडाकेन्द्रित अभियान सञ्चालन गर्ने, प्रदेश कमिटीमा मनोनयन अनुमोदन गर्ने निर्णय गरेको छ ।

नेता वामदेव गौतमसँग छलफल गर्दै जाने निर्णय भएको एमाले नेताहरूले जनाएका छन् ।

 

तपाईँको मत