शिक्षा
माध्यमिक तहको ३६८ शिक्षकका लागि जागिर खुल्यो
- गाउँ सहर संवाददाता
- २८ पौष आइतबार, २०८१ | ०९:४८:०० मा प्रकाशित

काठमाडाैं । शिक्षक सेवा आयोगले ठूलो संख्यामा माध्यमिक तहका लागि शिक्षक माग गरेको छ।
आज (आइतबार) सूचना जारी गर्दै आयोगले तीनसय ६८ जना शिक्षकको लागि दरखास्त आह्वान गरेको हो।
एक महिने म्याद राखेर विभिन्न विषयको माध्यमिक तह, तृतिय श्रेणीका शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको लागि दरखास्त खुला गरिएको आयोगले जनाएको छ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov/np/ बाट अनलाइन दरखास्त दिन सक्ने आयोगले जनाएको छ । यही माघ २८ गतेसम्म दरखास्त दिन सकिनेछ । डबल दस्तुर तिरेर फागुन ५ गतेसम्म दरखास्त दिन सकिने पनि आयोगले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस