दोलखामा राप्रपाको आन्दोलन केन्द्रित प्रशिक्षण तथा पृथ्वी जयन्ती
- गाउँ सहर संवाददाता
- २७ पौष शनिबार, २०८१ | २०:१६:०० मा प्रकाशित

चरिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोलखा जिल्ला कार्यसमितिले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
आफ्नो पार्टी कार्यालय चरिकोटमा जिल्लास्थित सबै कार्यालयका कार्यालय प्रमुख तथा विभिन्न राजनैतिक दलका नेताहरुलाई निमन्त्रणा गरी राप्रपाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको कार्यबाहक जिल्ला अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा पार्टीका सहायक प्रवक्ता प्रवीण थोकर ,केन्द्रीय सदस्य जनकराज पाठक लगायतको उपस्थित रहेको थियो । त्यसैगरी राप्रपाले निकट भविष्यमा गर्ने आन्दोलन केन्द्रित प्रशिक्षण कार्यक्रमसमेत गरेको छ । देशभरि राप्रपाले गर्ने प्रशिक्षणमा आन्दोलन किन र केका लागि भन्ने विषयमा प्रशिक्षित गराएको छ ।
आन्दोलन परिचालन समिति सदस्य एवं दोलखाका प्रशिक्षक जनकराज पाठकले सबै गाउपालिकाबाट उपस्थित प्रशिक्षार्थीहरुलाई राप्रपाले गर्ने आन्दोलन किन र केका लागि भन्ने विषयमा प्रशिक्षण दिएको बताए ।
पार्टी जिल्ला सचिव रामबहादुर तामाङले कार्यक्रम संचालन गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
प्रतिकृया दिनुहोस