स्वास्थ्य
क्यान्सरलाई जितेर फर्किँदै राप्रपाका धवलशमशेर
- गाउँ सहर संवाददाता
- १४ पौष आइतबार, २०८१ | ०८:१८:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर राणा क्यान्सरलाई जित्न सफल भएका छन् । भारतको टाटा क्यान्सर अस्पतालमा तीन महिनायता उपचाररत उनी स्वास्थ्यमा सुधार आएसँगै आज आइतबार नेपाल फर्किने भएका छन् ।
उनले आज काठमाडौँ आइपुग्ने जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । साथै उनले अब आफू नियमित काममा सरिक हुने पनि बताएका छन् । ‘तीन महिनाको लामो उपचार पश्चात् म निको भएको छु । आगामी दिनमा म मेरो पूर्वनिधारित कार्यक्रमहरूमा सरिक हुने नै छु । सम्पूर्ण परिवारजन, आफन्त, शुभेच्छुक एवं पार्टीका सम्पूर्ण साथीहरू प्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु । हजुरहरूको म प्रतिको शुभेच्छा कायम रहोस् ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
प्रतिकृया दिनुहोस