प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- गाउँ सहर संवाददाता
- ७ पौष आइतबार, २०८१ | २०:१४:०० मा प्रकाशित
काठमाडौं । धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीसहित आठ जनाविरुद्ध दश लाख ८९ हजार ९८९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७६/७७ मा धादिङको रुवीभ्याली गाउँपालिका वडा नं. ४ बोराङस्थित पागोमादेखि स्कुलसम्म शाखा सडक निर्माणको कार्यमा सो भ्रष्टाचार भएको देखिएको छ।
आयोगका अनुसार २०७६ चैत १७ गतेदेखि २०७७ असार २५ गतेसम्म सो कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो। तर, कम काम भएकोमा बढी गरेको देखाइ प्राविधिक मुल्याङ्कनसहितको नापी किताब तयार एवम् कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई बढी भुक्तानी गरिएको छ।
नेगीसहित, सुदिप रेग्मी, बाबुलाल नेगी र लाल मान तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा कैद र जरिवाना हुन मागदाबी लिइएको आयोगले जनाएको छ।
यसैगरी, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ८ को उपदफा (४) बमोजिम बिगोसमेत जफत हुन मागदाबी लिइ आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोेगले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज क्रिश्चियन धर्मावलम्बीद्वारा 'क्रिसमस डे' मनाइँदै
- यी स्थानमा वर्षा सम्भावना र जुम्लामा हिमपात
- रवि लामिछानेको सांसद पद निलम्बित, अर्याल कार्यवाहक सभापति
- ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाट बजार’
- वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख, आयात र निर्यात बढ्यो
- रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन हुने
- रविलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख बिगो भराउन माग
- पक्राउ परेका जंगम र दाहाललाई ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- ‘आईएमई पे’ लाई आईसीटी अवार्ड
- नौबिसे-मुग्लिङ सडकखण्ड आजदेखि ५ दिनसम्म दैनिक ३ घण्टा बन्द हुने
प्रतिकृया दिनुहोस