‘आईएमई पे’ लाई आईसीटी अवार्ड
- गाउँ सहर संवाददाता
- ७ पौष आइतबार, २०८१ | १८:५८:०० मा प्रकाशित
काठमाडौं । आईएमई पे ‘आईसीटी अवार्ड-२०२४’ बाट सम्मानित भएको छ ।
५ पुस शुक्रबार काठमाडौंमा सम्पन्न आईसीटी अवार्ड कार्यक्रममा आईएमई पे उक्त अवार्डबाट सम्मानित भएको हो ।
नेपालको टेक्नोलोजी क्षेत्रमा उत्कृष्टता र नवीनता ल्याउन पहल गर्ने कम्पनीहरूलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
यो प्रतिष्ठित अवार्डले नेपालको डिजिटल वित्तीय परिदृश्यमा आईएमई पेको महत्त्वपूर्ण योगदानलाई सम्मान गरेको कम्पनीको भनाइ छ ।
आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले डिजिटल सर्भिसेज आईसीटी अवार्डबाट सम्मानित हुन पाउँदा निकै खुसी लागेको बताए ।
यो अवार्डले नेपालमा डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणीको रूपमा आईएमई पेको स्थानलाई अझ बलियो बनाउने उनले बताए ।
आईएमई पे वित्तीय समावेशीकरण र प्रविधिको प्रयोगले देशभरिका व्यक्ति र व्यवसायलाई सशक्त बनाउन प्रतिबद्ध रहेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज क्रिश्चियन धर्मावलम्बीद्वारा 'क्रिसमस डे' मनाइँदै
- यी स्थानमा वर्षा सम्भावना र जुम्लामा हिमपात
- रवि लामिछानेको सांसद पद निलम्बित, अर्याल कार्यवाहक सभापति
- ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाट बजार’
- वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख, आयात र निर्यात बढ्यो
- प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन हुने
- रविलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख बिगो भराउन माग
- पक्राउ परेका जंगम र दाहाललाई ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- नौबिसे-मुग्लिङ सडकखण्ड आजदेखि ५ दिनसम्म दैनिक ३ घण्टा बन्द हुने
प्रतिकृया दिनुहोस