गाउँ सहर
पक्राउ परेका जंगम र दाहाललाई ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- गाउँ सहर संवाददाता
- ७ पौष आइतबार, २०८१ | १९:०४:०० मा प्रकाशित
काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
काठमाडौंबाट आइतबार पक्राउ परेका उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । शैली थापा समेतका व्यक्तिहरूले यो सहकारी ठगी प्रकरणमा जाहेरी दिएका थिए ।
त्यसपछि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । आइतबार मात्रै काठमाडौंको बिजुलीबजारबाट तत्कालीन अध्यक्ष भरतमणि जंगम पक्राउ परेका थिए । उनी पक्राउ परेपछि तत्कालीन कोषाध्यक्ष लुमन दाहाल पनि पक्राउ परेका थिए । उनीहरूविरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज क्रिश्चियन धर्मावलम्बीद्वारा 'क्रिसमस डे' मनाइँदै
- यी स्थानमा वर्षा सम्भावना र जुम्लामा हिमपात
- रवि लामिछानेको सांसद पद निलम्बित, अर्याल कार्यवाहक सभापति
- ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाट बजार’
- वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख, आयात र निर्यात बढ्यो
- प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन हुने
- रविलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख बिगो भराउन माग
- ‘आईएमई पे’ लाई आईसीटी अवार्ड
- नौबिसे-मुग्लिङ सडकखण्ड आजदेखि ५ दिनसम्म दैनिक ३ घण्टा बन्द हुने
प्रतिकृया दिनुहोस