नेप्से २६ सयकाे लाइनमा
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर आइतबार, २०८१ | १५:१४:०० मा प्रकाशित
काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । यसदिन नेप्से ४५.९३ अंकले घटेर दुई हजार ६८९ बिन्दुमा झरेको छ ।
गत साता अन्तिम कारोबार दिन बिहीबार १५.९३ अंकले घटेर बजार दुई हजार ७३४.९३ अंकमा बजार बन्द भएको थियो ।
तीन कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र जोशी हाइड्रोपावरको शेयर १० प्रतिशतले घटेको हो । यस्तै सामुदायिक लघुवित्तको शेयर ९.९७ प्रतिशतले घटेको छ ।
यसदिन १३ वटै उपसमूहको शेयर घटेको छ भने कारोबारमा आएका २४४ कम्पनीमध्ये २१४ कम्पनीको शेयर घटेको छ भने २७ कम्पनीले मात्रै नाफा कमाएका छन् । बाँकी तीन कम्पनीको शेयर भने स्थिर छ ।
आज कारोबार रकम पनि घटेको छ । बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार ७२७ रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँ बराबरको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर खरिदिबिक्री भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जाजरकोटमा भूकम्पको धक्का
- कर्णाली डेभलपमेन्ट बैंक ‘समस्याग्रस्त’ घोषणा, राष्ट्र बैंकले लियाे व्यवस्थापन
- एमालेले भीम रावललाई पार्टीबाट हटायो, पाण्डे र तिमल्सेनालाई ६ महिना निलम्बन
- राजधानी केन्द्रित आन्दोलनकाे तयारी गर्दै राप्रपाद्वारा नुवाकाेटमा प्रशिक्षण
- आज क्रिश्चियन धर्मावलम्बीद्वारा 'क्रिसमस डे' मनाइँदै
- यी स्थानमा वर्षा सम्भावना र जुम्लामा हिमपात
- रवि लामिछानेको सांसद पद निलम्बित, अर्याल कार्यवाहक सभापति
- ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाट बजार’
- वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख, आयात र निर्यात बढ्यो
- प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रतिकृया दिनुहोस