एनपिलएल : लुम्बिनी लायन्सकाे लगातार चाैथाे हार, जनकपुरकाे शीर्षस्थानमा
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर आइतबार, २०८१ | १२:२०:०० मा प्रकाशित
काठमाडौं । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित हासिल गरेको छ ।
जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा २ रन लिन नसक्दा लुम्बिनी पुनः पराजित हुन पुग्यो ।
लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । टम मुर्स ३१, अर्जुन साउदले २०, सन्दीप जोराले १६ रन जोडपनि जित दिलाउन सकेनन् । लुम्बिनीको यो लगातार चौथो हार हो ।
राम्रो सुरुआत गरेको लुम्बिनी फिनिसिङमा चुक्दा जित निकाल्न सकेन । यो हारसँगै लुम्बिनीको प्लेअफमा पुग्ने संभावना कमजोर बनेको छ । बलिङमा जनकपुरका हर्ष थाकरले सर्वाधिक ५ विकेट लिए ।
चार खेलमा चारै खेल जित्दै जनपुर बाेल्ट्स शीर्षस्थानमा छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जाजरकोटमा भूकम्पको धक्का
- कर्णाली डेभलपमेन्ट बैंक ‘समस्याग्रस्त’ घोषणा, राष्ट्र बैंकले लियाे व्यवस्थापन
- एमालेले भीम रावललाई पार्टीबाट हटायो, पाण्डे र तिमल्सेनालाई ६ महिना निलम्बन
- राजधानी केन्द्रित आन्दोलनकाे तयारी गर्दै राप्रपाद्वारा नुवाकाेटमा प्रशिक्षण
- आज क्रिश्चियन धर्मावलम्बीद्वारा 'क्रिसमस डे' मनाइँदै
- यी स्थानमा वर्षा सम्भावना र जुम्लामा हिमपात
- रवि लामिछानेको सांसद पद निलम्बित, अर्याल कार्यवाहक सभापति
- ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाट बजार’
- वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख, आयात र निर्यात बढ्यो
- प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रतिकृया दिनुहोस