डेडिकेटेड र ट्रंकलाइन बक्यौता नतिर्ने ३४ उद्योगको खाता र सेयर रोक्का गर्न कुलमानको पत्र
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर बुधबार, २०८१ | १९:२३:०० मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली लिएर महसुल नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न, सेयर कारोबार रोक्का गर्न र सेयर जारी गर्ने अनुमति रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार गरेका छन् ।
कार्यकारी निर्देशक घिसिङले विद्युत् प्रिमियम महसुल बक्यौता रहेका उद्योगका सम्बन्धमा बुधबार नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पत्र पठाएका हुन् । बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई, सेयर रोक्का गर्न कम्पनी रजिष्ट्रारको कार्यालय र सेयर जारी गर्न अनुमतिमा रोक लगाउन धितोपत्र बोर्डलाई घिसिङले पत्र पठाएका हुन् ।
त्यसरी नतिर्ने उद्योगको सूची ती निकायलाई पत्रसँगै पठाइएको प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी बक्यौता जगदम्बा स्टिलको रहेको छ । उसले प्राधिकरणलाई १ अर्ब ६० करोड १८ लाख रकम तिर्न बाँकी छ ।
त्यस्तै, मारुती सिमेन्टले ५७ करोड ४४ लाख, अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख महसुल तिर्न बाँकी छ भने रिलायन्स स्पिनिङ मिलले ७५ करोड ३६ लाख रकम तिर्न बाँकी छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै
- कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरू
- पेट्रोल, डिजेल/मट्टितेलकाे मूल्य बढ्यो, हवाई इन्धनको भने घट्याे
- शनिबार राति यस्ताे माैसमः एक-दुई स्थानमा मेघगर्जन/चट्याङ
- "म एमालेको झोले हुँ, तर यो झोलामा देशको सपना बोकेको छु" — प्रधानमन्त्री ओली
- इलाम, झापा, मोरङ, सुनसरी र धनकुटामा पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा
- सरकारको नीतिविरुद्ध सार्वजनिक यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा
- लिटल फ्लावरमा स्वास्थ्य परीक्षण
- गृहमन्त्री लेखककाे राजीनामा- विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै
- बाढीले कोशी राजमार्ग बगाएपछि यातायात अवरुद्ध
प्रतिकृया दिनुहोस