राजनीति
कांग्रेस र एमालेकाे यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर शुक्रबार, २०८१ | १५:०७:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने दाबी गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै विरोधीहरुले षड्यन्त्र गरेपछि समीकरण तलमाथि नहुने बताए ।
उनले भने, ‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ । कान खोलेर सुने हुन्छ । म ०८३ असारसम्म प्रधानमन्त्री रहन्छु र देउवालाई जिम्मा लगाउँछु । अब मैले १८ महिना चलाउँछु र १८ महिना शेरबहादुरजीले चलाउँनुहुन्छ । यसमा कुनै भ्रम नराखे हुन्छ ।’
उनले कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भएपनि देशलाई अफ्ठ्यारोमा पार्न खोजेपछि एक ठाउँमा आएको जिकिर गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- १० अर्ब बढीको सेयर कारोबार, नेप्से परिसूचक २७ सय विन्दुमाथि
- सुनकाे मूल्य बढेकाे बढ्यै
- बीपी राजमार्गको चार खण्डमा छुट्याएर पुनर्निर्माण हुँदै
- यी चार ठेकेदार कम्पनी परे सरकारकाे कालाेसूचीमा
- राष्ट्रपतिले आह्वान गरे १२ गते संसद् अधिवेशन
- आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित
- शिक्षा विधेयक तत्काल पारित गर्न सरकारले गरेकाे अधिवेशन आह्वानलाई शिक्षकले पत्याएनन्
- नयाँ वर्षको सुरुवाती कारोबार दिनमै नेप्सेसँगै कारोबार रकम बढ्यो
- बोडेमा सुजनले तेस्रोपटक जिब्रो छेडे
- शिक्षक भएनन् सरकारसँग आश्वस्त, भर्ना अभियान, पठनपाठन र परीक्षा बहिष्कारको घोषणा
प्रतिकृया दिनुहोस