शेयरबजार : ३१ अंकले घटेकाे नेप्सेमा ८ अर्ब २५ करोडको कारोबार
- गाउँ सहर संवाददाता
- ६ मङ्सिर बिहीबार, २०८१ | १५:१६:०० मा प्रकाशित
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घटेर दुई हजार ६८०.४४ बिन्दुमा शेयर बजार बन्द भएको छ । आज सेन्सेटिभ इन्डेक्स ५.३३, फ्लट इन्डेक्स २.१३ र सेन्सेटिभ फ्लट इन्डेक्स १.८५ अंकले घटेको छ । यस्तै १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ ।
यसदिन कारोबारमा आएका २४४ मध्ये १९७ कम्पनीको शेयरमा गिरावट आएको छ भने ४३ कम्पनीको शेयर बढेको छ । अन्य चार कम्पनीको शेयर स्थिर रहेको छ । नेप्से परिसूचक घटे पनि यसदिन दुई वटा कम्पनीको शेयरमा सर्किट लागेको छ । आज सामुदायिक लघुवित्त र थ्रिस्टार हाइड्रोपावरको शेयरमा सर्किट लागेकोमा जानकी फाइनान्सको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।
आज ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना
- चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
- अब धरहरा चढ्न पैसा लाग्ने, यी हुन् मन्त्रिपरिषद्का निर्णय
- कांग्रेस र एमालेकाे यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री
- एमालेको जागरण सभाका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त
- शुक्रबारकाे माैसमः कतै बदली - कतै सफा
- जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन
- चार दशमवल दुई रेक्टर स्केलको भूकम्प
- खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्याली, विरोध प्रदर्शन
- अन्तर्राष्ट्रिय कार्बन व्यापारका लागि नेपालकाे ऐतिहासिक सम्झौता
प्रतिकृया दिनुहोस