खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्याली, विरोध प्रदर्शन
- गाउँ सहर संवाददाता
- ६ मङ्सिर बिहीबार, २०८१ | ११:०७:०० मा प्रकाशित

काठमाडाैं । काठमाडौंमा आज सडक तथा खोला मापदण्ड खारेज माग गर्दै विरोध प्रदर्शन गरिएको छ।
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले उक्त मापदण्डले नागरिकको उठीवास लगाएको भन्दै विरोध र्याली निकालेका हुन्।
ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारबाट सुरु र्याली माइतीघर मण्डला पुगेको छ। र्यालीमा अभियन्ता सुमन सायमीलगायत सहभागी छन्।
२०८० पुस ३ मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमतीलगायत उपत्यकाका ठूला नदी तथा खोलाका दायाँबायाँ २०-२० मिटर छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो।
सो आदेश कार्यान्वयनका लागि काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको थियो। यसो गर्दा सयौँ परिवारको उठीवास लाग्ने दाबी गर्दै विरोध गरिएको हो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस