गाउँ सहर

एमालेको जागरण सभाका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको जागरण सभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। काम विशेषले घर बाहिर निस्किएकाहरू जाममा परेका छन्। 

अहिले काठमाडौंको मुख्य सडक न्युरोड,सहिदगेट,सुन्धारा,जमल भृकुटीमण्ड,भद्रकाली,बानेश्वर,माइतीघरलगायत क्षेत्रमा अत्यधिक जाम बढेको छ। एमालेले आज दरवारमार्गमा जागरण सभा गर्दैछ।  जागरण सभाका लागि भद्रकालीबाट निकालिएको र्‍याली दरवारमार्गमा पुगेर सभामा परिणत हुनेछ। 

सभालाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।

एमालेको काठमाडौं,ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनमा आज काठमाडौंको दरबारमार्गमा जागरण सभा हुन लागेको हो।  यसअघि जागरणसभा भृकुटीमण्डमा गर्ने भनिएपनि बुधबार स्थान परिवर्तन गरी दरबारमार्गमा गर्ने निर्णय भएको थियो।

नेकपा एमालेको जागरण सभामा १ लाख नागरिक उत्राने दावी गरेको छ।

एमालेको सभालाई मध्यनजर गर्दै आज बिहानैबाट ट्राफिक प्रहरीले दरबारमार्गमा यातायात आवागमन बन्द गराएको थियो । जसले गर्दा आसपासका सडकहरूमा सवारीको चाप बढेको छ । केशरमहल, जयनेपालहल, महेन्द्र शालिकबाट गाडीहरू डाइभर्सन गरिएको उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएपपी) उमाप्रसाद चतुर्वेदीले बताए ।

घण्टौँ जाममा फसेका सर्वसाधारणहरूले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । आफै सत्तामा बस्ने अनि आफै जनतालाई सास्ती दिने भन्दै उनीहरूले आक्रोश व्यक्त गरिरहेका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत