वातावरण

कोशी प्रदेशलगायत देशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा

काठमाडाैँ । आज २०८१ कार्तिक २० गते (मंगलबार) । जल तथा माैसम विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसरी नै राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । बागमती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू भागका एक दुइ  स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित  हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाे पूर्वानुमान छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत