फाइनल खेल हेर्न रगंशाला जादै हुनुहुन्छ भने यी सामाग्रीहरु नलिइ जानुहोला
- गाउँ सहर संवाददाता
- १४ कार्तिक बुधबार, २०८१ | १३:२३:०० मा प्रकाशित

काठमाडाैं । साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) आफैँले टिकट बिक्री गरिरहेको छ।
भारतविरुद्धको खेलमा रगंशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै एन्फाले फाइनलका लागि आफैँले टिकट बिक्री गरिरहेको हो।
एन्फाले काठमाडौँको भद्रकालीस्थित आर्मी हेडक्वार्टरनजिक र ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र जावलाखेलबाट टिकट बिक्री गरिरहेको छ। टिकट लिनका लागि बिहानैदेखि लाइनमा लागेका दर्शक टिकट नपाउँदा आक्रोशित बनिरहेका छन्।
फाइनल खेलका लागि एन्फाले सुरक्षा र व्यवस्थित वातावरणलाई मध्यनजर गर्दै केही सामग्रीहरूमाथि रंगशालाभित्र लैजान निषेध गरेको छ।
फाइनल खेल हेर्न रगंशाला जादै हुनुहुन्छ भने यी सामाग्रीहरु नलिइ जानुहोला।
प्रतिबन्धित सामग्रीहरूः
१) हातहतियार (बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार)
२) धुम्रपान र आगो बाल्ने सामग्री (चुरोट, लाइटर, सलाइ आदि) मादक पदार्थ (मदिरा र अन्य नशालु पदार्थहरू)
३) झोला र ठूला ब्यागहरू (साना ब्यागहरू जाँचपछि मात्र अनुमति दिइनेछ, तर ठूला ब्यागहरू निषेध गरिएका छन्)
४) हेल्मेट र सुरक्षात्मक उपकरणहरू ( हेल्मेट र यस्तै सुरक्षा सामग्रीहरू)
५) प्रचार सामग्री (अनुमति बिना ब्यानर, झण्डा, पोस्टर आदी)
६) प्रक्षेपण गर्न मिल्ने वस्तुहरू (पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने, धातुका मुद्रा क्याइन, सामग्रीहरू)
७) लेजर लाइट (खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट)
८) ड्रग्स र अन्य अवैध पदार्थ (कुनै पनि प्रकारका लागू औषधहरू)
९) छाता लिबिस्टिक,नेल कटर, कैँची, काइयो

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस