रवि लामिछानेलाई अनुसन्धानका लागि अदालतले दियाे ६ दिन हिरासतमा राख्न अनुमति
- गाउँ सहर संवाददाता
- ४ कार्तिक आइतबार, २०८१ | १७:३१:०० मा प्रकाशित

काठमाडाैं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।
शुक्रबार पक्राउ परेलगत्तै पोखरा लगिएका रविलाई आइतबार म्याद थपका लागि अदालत लगिएको थियो। जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले नेपालखबरलाई जानकारी दिए।
पक्राउ परेको दिन शुक्रबारबाटै गणना गर्नेगरी न्यायाधीश दाहालको इजलासले अनुमति दिएको हो।
रविमाथि अनुसन्धान गर्न प्रहरीले बुधबारसम्मका लागि म्याद पाउनेछन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पक्राउ परेका रविका पूर्व साझेदार छविलाल विश्वकर्मा पनि कास्की प्रहरीकै हिरासतमा छन्।
रवि पक्राउको विरोधमा रास्वपाका समर्थकहरूले पोखरामा प्रदर्शन जारी राखेका छन्। समर्थक र प्रहरीबीच घम्साघम्सी पनि परेको थियो।
प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो।
पोखराको सडकमा समर्थक र प्रहरीको बाक्लो उपस्थिति छ। हिजो शनिबार पनि रास्वपा शीर्ष नेताहरूसहितले पोखरामा प्रदर्शन गरेका थिए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस