पार्टी सभापति पक्राउपछि रास्वपाले भन्यो- यो राजनीतिक पूर्वाग्रह हो
- गाउँ सहर संवाददाता
- ३ कार्तिक शनिबार, २०८१ | ०८:४१:०० मा प्रकाशित

काठमाडाैँ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले यसलाई राजनीतिक पूर्वाग्रहको संज्ञा दिएको छ ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले शुक्रवार राति अबेर विज्ञप्ति निकालेर न्यायिक निकायको छानबिनलाई सघाउन सधैँ तयार रहँदारहँदै राजनीतिक प्रतिशोध कदापि स्वीकार्य नहुने उल्लेख गरेका छन् ।
उनले संसदीय छानबिन समितिले सहकारी ठगीमा सभापति लामिछानेको कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा त्यही मुद्दामा सभापतिलाई बिना कारण र बिना आधार पक्राउ गरेर आमनागरिकको सहकारीमा डुबेको ८७ अर्ब रुपैयाँ अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल शुरू भएको आरोप लगाएका छन् ।
गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामेक्स र वाइडबडी जस्तो अर्बाैंको घोटालामा आपसी समझदारीमा एकअर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका रास्वपाको आरोप छ ।
विज्ञप्ति हेर्नुहाेस्

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रभु बैंक गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन
- शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा
- जाँदाजाँदै गभर्नर अधिकारीले के दिए आउने गभर्नरलाई सुझाव ?
- राम नवमीमा राम भजन ‘मनमा बसाएर राम’ सार्वजनिक (भिडिओ सहित)
- स्वर्णिम वाग्लेलाई कारबाही गर्न मुकुल ढकालकाे माग
- महानगरकाे सूचना- कुकुर बिरालाे पाल्न वडा कार्यालयमा दर्ता
- थाइल्याण्ड भ्रमणका क्रममा दुईपक्षीय र बहुपक्षीय सहयोग अभिवृद्धिका लागि फलदायी वार्ता
- मिश्र र राणालगायतलाई सरकारले तत्काल निसर्त रिहा गर्नुपर्छ - पशुपति शम्सेर राणा
- पक्राउ परे रवि लामिछाने
- जाजरकाेट केन्द्र भएर ५.२ र ५.५ रेक्टरकाे भूकम्प
प्रतिकृया दिनुहोस