कहिलेसम्म रहन्छ भारी वर्षा ? पूर्वी नेपालमा ३० घण्टादेखि राेकिएन, धेरैठाउँमा बाढी र क्षति
- गाउँ सहर संवाददाता
- ११ असोज शुक्रबार, २०८१ | १८:४८:०० मा प्रकाशित

काठमाडाैँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण २०८१ असोज १० गते बिहीबार दिउँसो देखि असोज १३ (आइतबार) सम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको तथा कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै देशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ जल तथा माैसम विभागले जनाएकाे छ ।
साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश,बागमती प्रदेश,मधेश प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षा भइरहेको छ ।
बिहीबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो क्रम आइतबारसम्म जारी रहने जल तथा माैसम विभागले जनाएको छ । पूर्वी नेपालमा शुक्रवार अपराह्णसम्म ३० घण्टादेखि अविरल वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण देशभरि विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ । पहाडी भेगमा शुक्रवार उडान हुन सकेन भने देशभरि विभिन्न राजमार्गहरू बाढी र पहिरोका कारण प्रभावित भएका छन् ।
मिति २०८१ असोज १० गते बिहीबार दिउँसो देखि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै देशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
मिति २०८१ असोज ११ गते (शुक्रबार) देखि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै देशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
साथै मिति २०८१ असोज १२ गते (शनिबार) देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरू हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै देशका लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको विभागले बताएकाे छ ।
मिति २०८१ असोज १३ गते (आइतबार) देशभर आंशिक देखि साधारणतया बदली रही देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको उसकाे अनुमान छ ।
यता जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तहपार गरेको जनाएको छ ।
मौसम विभागले शुक्रबार दिउँसो सूचना जारी गर्दै उपत्यकास्थित बागमती नदीको खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमतीले गोंगबु जलमापन केन्द्रमा सतर्कता तहपार गरेको जनाएको छ ।
विभागले पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ ।
निरन्तरकाे वर्षाको कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा विभागले अनुरोध गरेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस