प्रभु बैंकका ग्राहकलाई भेनस हस्पिटलका सेवामा छुट
- गाउँ सहर संवाददाता
- २७ भदौ बिहीबार, २०८१ | १८:३३:०० मा प्रकाशित

काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई मध्यबानेश्वरस्थित भेनस हस्पिटलमा उपचार तथा औषधि सम्बन्धी सेवा सुविधामा विशेष छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ।
एक समारोहबीच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनीषा ढकाल र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश क्षेत्र नं १ का प्रमुख दीपेन्द्र बाबु विष्टले समझदारी ज्ञापनपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस हस्पिटलमा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिक, अन्र्तगतका सेवाहरुमा ७ प्रतिशत देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआर बाटसमेत भुक्तानी गर्न सक्नेछन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस