'आफै धामी, आफै झाँक्री' भन्दै संघीय सरकारप्रति रूष्ट बालेन
- गाउँ सहर संवाददाता
- २३ भदौ आइतबार, २०८१ | ११:५०:०० मा प्रकाशित
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ( बालेन)ले नयाँ मापदण्ड अनुसार बनेका काठमाडौँ महानगर अन्तर्गत पर्ने कुनै पनि घर नभत्किने बताएका छन् । यस्ता घर भत्काउनै परे सरकारले मुअब्जा दिनुपर्ने उनको भनाइ छ ।
यो प्रकरणमा सङ्घीय सरकारले दोहोरो नीति लिएको भन्दै उनले आपत्ति पनि जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले सरकारलाई सोधेका छन्– 'आफै धामी, आफै झाँक्री । कानुन बनाउने कसले हो ? सरकारको नेतृत्व कसले गरेको हो ? अदालतमा न्यायाधीश नियुक्त गर्ने संवैधानिक परिषद्मा को छ ?
उनी थप लेख्छन्– 'खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै। अनि, भएको कानुन र फैसलालाई कार्यान्वयन गर्दा दोष जति काठमाडौँ महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ । '
न्याय खोज्ने हो भने काठमाडौँ महानगरलाई गाली गरेर न्याय नपाइने भन्दै उनले नेताहरूलाई प्रश्न गर्नु सुझाव दिएका छन् । मापदण्डबारे कानुन नै बनाएर निकास दिनुपर्नेमा उनले जोड दिएका छन् ।
उनी थप लेख्छन्–'तपाईँ को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन, निश्चिन्त रहनुहोस् । भत्काउनै परे सरकारले मुआब्जा दिनु पर्छ । ५० वर्ष पहिलेको तीनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाईँलाई दिन नि सक्दैन, भत्काउन नि सक्दैन । तपाईँको लागि हामी छदै छौ , केन्द्र सरकारलाई दबाब दिनुहोस् नियम परिवर्तनको लागि । जब नियम परिवर्तन हुन्छ हामी सोही अनुसार फेरि सूचना जारी गरी हाल्नेछौ, त्यतिनजेल कोही नठगियोस भन्ने चाहना मात्र हो हाम्रो ।'
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रबिलाई आज पनि अदालत उपस्थित गराइँदै, थुनछेक बहसपछि आदेश आउने सम्भावना
- माैसम : तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन प्रभावित
- रामेछापकाे हिमाल छेउका लाहाछेवारका विद्यार्थीलाई 'डे बोर्डस' कार्यक्रम
- बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत
- आज जैविक विविधता दिवस मनाइँदै
- मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठन
- एसईई २०८१ को परीक्षा तालिका सार्वजनिक, चैत ७ गतेदेखि शुरू
- फास्ट फुड एशोसियशनको अध्यक्षमा होमबहादुर र महासचिवमा श्रेष्ठ निर्वाचित
- आज माघी पर्व, थारु समुदायले विशेष रुपमा मनाउँदै
- नागरिक लगानी कोषको ३० औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांस पारित
प्रतिकृया दिनुहोस