पोखरा महानगरका इन्जिनियरसहित ३ जना 'घुस्याहा' ठहर, जरिवाना र जेल
- गाउँ सहर संवाददाता
- २३ भदौ आइतबार, २०८१ | १०:२८:०० मा प्रकाशित
पोखरा । घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित ३ जना 'घुस्याहा' दोषी ठहर भएका छन् । घर निर्माणको नक्सा प्रमाणपत्र दिने क्रममा घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर विशेष अदालतबाट दोषी ठहर भएका हुन् ।
विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले इन्जिनियर बराल र सब–इन्जिनियर रोकायालाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवाना र ८ महिना कैद सजाय सुनाएको हो । घुस दिन मतियारको रूपमा काम गरेका सुरजलाई विशेष अदालतले आधा अर्थात् ८७ हजार ५ सय रुपैयाँ जरिवाना र ४ महिना कैद सजायको फैसला सुनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २८ गते पोखराबाट १ लाख ५० हजार रुपैयाँ घुससहित सब इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई रंगेहात पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा नाम जोडिएपछि केही दिनपछि अख्तियारले इन्जिनियर शिवप्रसादलाई पनि पक्राउ गरेको थियो ।
अनुसन्धानपछि अख्तियारले गत वैशाख २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा घुसबापतको २ लाख रुपैयाँ रकम इन्जिनियर बरालको खातामा गएको देखिएको छ । त्यो रकम जफत गरेर उजुरीकर्तालाई फिर्ता गर्ने फैसला अदालतले गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जेल जाने पक्कापक्की भएपछि रवि लामिछानेले न्वारनदेखिको बल लगाएर क्लिन चिट पाएँ भनेर भ्रम फैलाए
- पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घट्याे
- रविलाई कारबाही गर्न सिफारिस गरेकाे सहकारी छानबिन समितिकाे यस्ताे सुझाव (पूर्णपाठसहित)
- सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभाबाट सरकारकाे काँधमा
- शेयरबजारमा देखिएन उल्लास, साताकाे दाेस्राे दिनपनि ५७ अंकले घट्याे नेप्से
- संघीय संसदका दुवै सदनको चालु अधिवेशन सोमबार मध्यरातिदेखि अन्त्य हुने
- नेपालले आज क्यानडाविरुद्ध खेल्दै
- यी १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी
- एकान्तकुना हिँडेकाे ट्याक्सी चालसकहित धाेबीखाेलाले बगाएपछि...
- संवैधानिक परिषद्को बैठक आज बस्दै, हाेलान् यी निर्णय ?
प्रतिकृया दिनुहोस